Logo

एमालेको ओरालो यात्रा जारी छ, पतन निश्चित छ : माधव नेपाल



काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नेतृत्व नसुध्रिए पतन निश्चित् रहेको टिप्पणी गरेका छन् । उनले अहिलेपनि एमालेको ओरालो यात्रा जारी रहेको बताएका छन् ।

अखिल नेपाल महिला सघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने,‘एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहन्छ, एमालेको नेतृत्व नसुध्रिए पतन निश्चित छ ।’

नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले अहिले भोगिरहेको पनि बताए। अध्यक्ष नेपालले आगामी संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने जिकिर गरे । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot