Logo

वामदेवको रोजाई ओली कि माधव



काठमाडौं, १४ असार । नेकपा एकता अभियानको चन्द्रागिरीमा भेला गरेको तीन दिनमै पुराना कम्युनिस्ट नेता वामदेव गौतमले पार्टी दर्ता गर्ने निश्चित भएको छ । चुनावको मुखमा उनले पार्टी घोषणा गरेपनि कति महिना यसको आयु रहला भन्ने अनुमान हुन थालिसकेको छ ।

वामदेवको नयाँ दलमा लामो समय नेकपा एमालेको राजनीतिमा लागेकाहरुको बाहुल्य छ । उनले साथ लिएकाहरुको उल्लेख्य संख्या छ ।
पार्टी गठन गरेपनि वामदेव गौतमले नेकपा एमाले या नेकपा एकीकृत समाजवादी केन्द्रसँग चाँडै एकता गर्ने निश्चित छ । उनले एकता अभियानमार्फत् वाम एकता वा चुनावी तालमेलमा दबाब पनि सृजना गर्दैछन् ।

गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क सूत्रमार्फत् कुराकानी समेत गरिसकेको बुझिएको छ । उनले प्रचण्ड र माधव नेपालसँग पनि कुराकानी गर्दै आएका छन् । सकभर नेकपा ब्युँझाउन पार्टी एकता गराउने नसके ओली या माधव नेपालमध्ये एकसँग मिलेर समर्थकहरुलाई पनि टिकट दिलाएर चुनाव लड्ने दाउमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot