Logo

सहज च्यालेन्ज फण्डद्वारा राउण्ड १ का विजेता घोषणा, राउन्ड २ का लागि आवेदन खुल्ला



काठमाडौं, १७ असार । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा सहज च्यालेन्ज फन्ड राउण्ड १ का विजेताहरूको घोषणा गरिएको छ ।

१८८ आवेदनहरू मध्ये पाँच नविनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए। कठिन स्क्रीनिंग र मूल्याङ्कन प्रक्रिया पछि विजेताहरुको घोषणा गरिएको हो।

सहज च्यालेन्ज फण्ड राउण्ड १ ले प्रदेश १ मा कृषि उत्पादनहरुको व्यवस्थापन र आपूर्ति श्रृंखला सम्बन्धि चुनौति तथा बाधाहरुलाई सम्बोधन गर्ने नवप्रवर्तनात्मक र व्यवसायिक रुपमा व्यवहरिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दछ। त्यसले कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण, आर्थिक मूल्य अभिवृद्धि, लगानी र रोजगारीहरूमा योगदान पुर्याउने छ। सहजले यी पाँच विजेताहरूलाई प्रस्तावित समाधानहरू प्रदेश १ मा कार्यान्वयन गर्न अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

च्यालेन्ज फण्ड, दोस्रो चरणको निजी क्षेत्रको श्रोतको सदुपयोग गर्दै डेयरी, तरकारी, अलैंची र मकै क्षेत्रमा सेवाको प्रावधान र नवप्रवर्तनमा पहुँच बढाउने संयन्त्र हो।

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारबीचको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । सहज परियोजना स्वीस सरकार विकास सहयोग (एसडीसी) को परियोजना हो र यसको कार्यान्वयन स्वीसकन्टयाक्ट (लीड एजेन्सीको रूपमा ) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम विकास केन्द्र (सिप्रेड)ले संयुक्त रूपमा गर्दैछन ।

सहजले प्रदेश १ मा कृषि व्यवसायका लागि सेवा र नवप्रवर्तनमा पहुँच बढाउन वित्तीय एवम प्राविधिक सहयोग उपलब्ध गराउँछ। यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ, तिनीहरूलाई मूल्य अभिवृद्धि आपूर्ति शृंखलामा आबद्ध गराउँछ र उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ।

सहज च्यालेन्ज फण्डले राउन्ड २ का लागि पनि आवेदन खुला गरेको छ । एससीएफ राउन्ड २ ले प्रदेश १ को डेयरी उद्योगमा उत्पादन विविधीकरणको मुद्दालाई सम्बोधन गर्न नौलो डेयरी उत्पादनका विचारहरू खोजिरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot