Logo

निर्वाचनमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती



काठमाडौं, असार २४। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनका समयमा हुने अत्यधिक खर्चले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उमेद्वारले खर्च गर्ने गरेको भन्दै अनावश्यक रूपमा हुने खर्च रोकिनुपर्ने बताएका हुन् ।

उनले निर्वाचनका समयमा पार्टीबाट टिकट लिनेदेखि निर्वाचनसम्म पुग्दा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने बताए । सो किसिमको खर्चको परिपाटीले अहिलेको व्यवस्थामै प्रश्न उठेको र राजनीतिमा युवाको वितृष्णा बढेको उनको भनाइ छ ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमाको मापदण्ड एकातिर र खर्च अर्कैतिर देखिएको बताए ।

‘निर्वाचन निकै खर्चिलो हुँदै गए, उमेदवारको खर्च तीव्र गतिमा बढेको छ, आयोगको मापदण्ड एकातिर छ उमेदवारको खर्च अर्कातिर छ कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुप¥यो कि यो खर्च सीमा हटाउनुप¥यो, नत्र त यो हास्यास्पद मात्र भयो ।’

कार्यक्रममा पोलिसी रिसर्च सेन्टरका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपालकृष्ण घिमिरेलगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा आआफ्नो भनाइ राखेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्