Logo

एक चीन नीतिमा नेपालको प्रतिबद्धता, चीन उत्साहित



काठमाडौं, साउन २६। नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ ।

चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आप्mनो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो ।

समकक्षीसँगको भेटवार्तालाई नेपालस्थित परराष्ट्र मन्त्रालयले ‘सौहार्दपूर्ण र फलदायी’ भनेको छ । दुवै मन्त्रीले ‘नेपाल–चीन सम्बन्धका सबै पक्ष समीक्षा गर्दै आपसी हित क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति जनाएको’ मन्त्रालयको ट्विटर ह्यान्डमा उल्लेख छ ।

दुई मन्त्रीबीच चीनको सान्दोङ प्रान्तस्थित छिङ्दाओमा सहरमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले नेपालसँग ‘एक चीन नीति’को प्रतिबद्धता खोजेको थियो । नेपालस्थित चिनियाँ राजदूतले ताइवानको विषयलाई लिएर ‘नेपालले एक चीन नीतिमा नेपालले समर्थन गर्ने’ भन्दै वक्तव्य जारी गरेकी थिइन् ।

चीनले ताइवान विषयलाई लिएर नेपालको समर्थन खोजिरहेका बेला मंगलबार चीन पुगेका परराष्ट्रमन्त्री खड्काले प्रतिबद्धता जनाएपछि चीन खुसी देखिएको हो ।

चीनले ‘ताइवान विषयमा नेपाल मात्रै होइन, विश्वभरबाट ‘एक चीन नीति’को समर्थन खोजेको थियो । ुराजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्