Logo

अमेरशकुमार सिंह सम्पर्कमा नरहेको कांग्रेस सर्लाही सभापति सिंहको गुनासो, कारबाहीको तयारी (भिडिओसहित)



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले पार्टीका नेता तथा सांसद डा. अमरेशकुमार सिंहलाई प्रदेश र क्षेत्रले कारबाही गरेर आफूकहाँ पठाइसकेको बताएका छन् । उनले अब जिल्लाले पनि सिंहलाई कारबाही गर्ने सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अमरेशकुमार सिंहले पार्टीको नीति विपरित गतिविधि गरिरहेको आरोप लगाएका छन् । अमरेशकुमार पार्टीको जिल्ला र क्षेत्रमा शक्तिशाली नरहेको पनि उनको दाबी थियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अमरेशकुमारले एमाले र जसपालाई भोट मागेको पनि उनको आरोप छ ।

उनले भने,‘अहिले अमरेशकुमार सिंह सम्पर्कमा हुनुहुन्छ, अन्य दलसँग साँठगाठँ गरिरहनुभएको छ । उनले अमरेशले सर्लाहीमा नेपाली कांग्रेसको संगठनलाई बर्बाद बनाएको गम्भीर आरोप लगाए । उनले अमरेशले अब संसदीय निर्वाचन नजित्ने दाबी गरे । अमेरशबाहेक कांग्रेसका अरु नेताले टिकट पाए सजिलै जित्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्