Logo

बाबाको गीत मा छोरिको अभिनय



काठमाडौँ,२९ साउन ।‘हरहर बासना अगरबत्तिको कसले माया गर्छ तिम्लाई मैले जत्तिको’
कुनै सिकाइ र ट्रेनिङ बिना नै विभिन्न नृत्य प्रतियोगिताहरुमा धेरै ठाउँमा प्रथम स्थान हासिल गरिसकेकी नृत्यंगना स्वीकृति पौडेल आफ्नै बाबा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल को पछिल्लो गीत हरहर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिकोू मा जिबन्त अभिनय गरेकी छन्। कक्षा आठमा पढ्दै गरेकी स्वीकृति पौडेलको अभिनय र नृत्यकला निक्कै नै अब्बल देख्न सकिन्छ। नवीन पौडेलका यसअघि बजारमा निस्किएका गीतहरु बोल्नु पर्छ ओई, लेउ खुकुरी लेउ, पर्यो देशला चोट, कस्तो आयो जमाना लगायत गीत मा पनि अभिनय गरिसकेकी छ्न्।

लोक गीत सँगितका अब्बल एबम लोकप्रीय गायक नबिनको पछिल्लो गीत हरहर बासनामा स्वर र शब्द उनकै रहेको छ। स्वर मा उनलाइ आशा बिसिले साथ दिएकी छन। लाइभ दोहोरिमा झड्का दिएर सबै दर्सकको मन जितेकी बिसिले निक्कै नै मेहनतका साथ गायकोले गीत भएकोले सबैले मन पराउने बताउछिन्। रबि कार्किले लय सँकलन गरेको गीतको म्युजिक भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् भने म्युजिक एरेन्ज कृस्ण केसीले गरेका छन् । भिडियो आसा बिसि युटुब च्यानल मार्फत् सर्वत्र बजारमा उपलब्ध भएको कुरा गायक पौडेलले बताए। यसको छायांकन बुटवल आसपासमाका क्षेत्रमा भएको हो । भिडियोमा लुम्बिनी प्रदेशमा स्थापित विभिन्न उध्योगी ब्यबशायिहरुको अभिनय समेत समाबेश गरिएकोले भिडियो उत्कृष्ट बनेको छ। गित हरहर बासना सामाजिक सञ्जालहरु टिकटक फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा निकै रुचाइएको छ ।

https://www.youtube.com/watch?v=QU6WFYZlLM8

 



प्रतिक्रिया दिनुहोस्

Screenshot