Logo

केपी ओलीले लोकतन्त्र समाप्त गर्न खोज्नुभयो..: पर्यटनमन्त्री श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाी नेता तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले अहिलेपनि देशमा संविधान पार्ने शक्ति सलबलाईरहेको बताएका छन् । उनले अहिलेको गठबन्धन अझै आवश्यकत्ता रहेको बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, लोकतन्त्रलाई समाप्त गर्न खोजेको पनि गम्भीर आरोप लगाए ।

उनले ओलीले देशलाई प्रतिगमनको दिशामा लैजान खोजेको तर आफूहरुको कारण त्यो चाहना पूरा नभएको सुनाए । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन एक ढिक्क भएर जाने पनि सुनाए ।

अहिले सिट बाँडफाँडबारे समझदारी कायम गर्ने प्रयास भैरहेको सुनाए । सिट बाँडफाँडमा आफूहरुले सरकार बनाउन खेलेको भूमिका र अहिलेको संसदमा आफूहरुको उपस्थितिलाई हेरेर न्यायोचित ढंगले सिट पाउनुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot