Logo

धार्मिक पर्यटन यात्रा स्मरण गोसाईकुण्ड



डिल्ली सापकोटा । धार्मिक, सास्कृतिक, भौगोलिक रोमाञ्चक पर्यटकीय गन्तव्यहरुको छनौट भ्रमण गर्ने क्रममा साथीहरु योगेन्द्र, शेखर, विनोद, जीन, मृगेन्द्र, योगेन्द्र(भान्जा),राम र म प्राय एकै स्थल केही फरक भुगोल स्थलका रसुवा जिल्लामा ४,३८० मि.को उचाईंमा रहेको गोसाइँकुण्ड (निलकण्ठ तिर्थ) जनै पुर्णिमा मेला धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको मज्जा लिने निधो गर्यो । हिन्दु, बौद्ध र बोन संस्कृति मान्ने तामाङ समुदाय र गोसाईकुण्डको सांस्कृतिक साइनो असाध्यै पुरानो छ ।

हिन्दुहरू जेठ असार महिनामा दसहरा मेला र साउनमा जनैपूर्णिमा मेला भर्न आउनुको साथै हिन्दू र बौद्ध धर्मावलम्बीहरू साझा आस्थाको रुपमा पवित्र तीर्थस्थल मान्दा रहेछन । तामाङ समुदाय भने जनैपूर्णिमा–बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित जान्छन् । सेसे बोन्पो गीत गाएर नाच्दै जाँदा मनोकामना पूरा हुने उनीहरूको विश्वास रहेको छ ।

हिन्दू पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्व हुने क्रममा दानवहरूले देवतालाई जिते । देवताहरू भगवान विष्णुको शरणमा पुगे पश्चात विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइ फुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए ।

समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्केको यसै क्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे । जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखे पछि सबै देवता र दानव भगवान शिवको शरणमा पुगेपछि, देवाधीपती महादेवले उक्त विष स्वयम आफैंले सेवन गरे । विष सेवनले गर्दा उनको घाँटी निलो भएकाले महादेवलाई निलकण्ठ तिर्थ पनि भनियो ।

स्कन्ध पुराणको हिमवत खण्डमा भगवान शिवले कालकुट बिषको सेवन गरि विषको डाहा शान्त पार्न बेदको लठी र हातमा त्रिशुल लिई उत्तर तिर लागेको वाटोमा वेदको लठ्ठी रोपेर बेत्रावती नदी र त्रिशुल भेदन गरि त्रिशुलधारा निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधारावाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि भगवान शिव अर्थात महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ । हिन्दुहरूका आफ्ना आराध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशुलबाट गोसाईकुण्ड सिर्जना गरेको विश्वास गर्दा रहेछन ।

गोसाइँकुण्ड हिन्दू, बौद्ध र बोन्पो (तान्त्रिक) धर्मावलम्बीहरुले उत्तिकै श्रद्धा गर्ने ठाउँ हो । गोसाइँकुण्डलाई आ–आफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने हिन्दू, बौद्धहरु, बोन्पोहरुको साझा केन्द्र हो । हिन्दू, बौद्ध विद्वानहरुले निरपेक्ष आफ्नै जाति वा धर्म विशेषको आस्थाको केन्द्र मानेर तर्क, विचार मन्थन गरेता पनि, यो सबैको साझा तीर्थस्थलको रुपमा रहेको छ । जसरी पदयात्री र तीर्थयात्रीले फरक उद्धेश्यले गन्तव्यमा पुगे नि गर्ने चाहिँ यात्रा नै हो त्यसरी नै हिन्दू, बौद्ध र बोन्पोहरुले फरक आस्था रहेको कुण्ड प्रकृतिक, सास्कृतिक र धार्मिक आर्कषणको केन्द्रको रुपमा रहेको छ । हिन्दूले देवाधिपती महादेव मानेर पुज्छन भने बौद्धले आर्य अवलोकितेश्वर आस्थाले पुझ्ने गर्छन ।

तामाङ समुदाय भने जनैपूर्णिमा (बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित जान्छन । सेसे बोन्पोझ गीत गाएर नाच्दै जाँदा मनोकामना पूरा हुने उनीहरूको विश्वास रहेको छ । वैदिक तामाङ भाषा अर्थात शास्त्रीय पूजापाठ गर्ने भाषामा “गो“ भनेको टाउको वा शिर हो । “सा“ भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ । यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ । गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम हो । तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड) , ग्यो, ह्वे पनि भन्छन्। लामा र झाँक्रीले ह्याप क्षेह्याल क्षेम्बो, ह्युम फामा डोल्मो, ल्हावाङबु ग्याबक्षेन भन्छन्। । छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन्। ह्याप भनेको पिता ह्युम भनेको माता हो । यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा (सयौं बोन्पोहरू भेला हुने पवित्रधाम) भनिन्छ । तामाङ समुदायकै गोले वंशको बोन्पो (झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन्। उहिले भैरव कुण्ड (छोना) को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्ड भित्र लगेको कथा छ ।

हिन्दु धर्म र बौद्ध र बोन्पो धर्मावलम्बीहरूको आआफ्नै बुझाइ भए पनि कुण्ड प्रति समान श्रद्धा, सामाजिक सदभाव र एक धार्मिक सहिष्णुता कायम रहनु सबै भन्दा राम्रो पक्ष हो ।

गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश हिमाल, लाङटाङ हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिने रहेछ । यस यात्राका क्रममा हामी ८ जना काठमाण्डौंवाट चारवटा मोटरसाइकलमा टोखा, शिवपुरी, लिखु, छहरे, विदुर, त्रिशुली, बटार हुदै करिव चार घण्टा ९२ कि.मि.यात्रा पश्चात रसुवा सदरमुकाम धुन्चे पुग्यौ । बर्षा समय पानीको कुटाईबाट हामी थकान र रुझाई सगै यात्रा दृष्यहरुले हाम्रो टिमलाई थप रोमाञ्चित वनाएको थियो । बेलुका वास रसुवा सदरमुकाम धुन्चे लोकल आलु सिमिको तरकारी र मासको दाल काठमाण्डौंको थकालीको खाना भन्दा स्वादिलो रहेको थियो । भोलि बिहान ४ वजे हामी रसुवा धुन्चे २००० मिटर बाट सुरु भयो ।

करिव १ घण्टाको तेर्सो वाटो हिडाई पछि हामी घट्टे खोला पुग्यो जुन १९६० मिटर उचाईमा रहेको रहेछ । जहा मिनि गोसाईकुण्ड र शिवमन्दिर निर्माण गरिएको जो गोसाइकुण्ड पुग्न नसक्ने मानिस त्यहाँबाट गोसाईकुण्ड दर्शन गरिन्छ भन्ने मान्यता रहेको रहेछ । साथीहरु सबै पहाड संग परिचित रहे पनि तराईमा जन्मेका योगेन्द्र भान्जालाई भने यात्रामा अलिक गाह्रो भएको थियो । लाम्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उकालो वाटो प्राकृतिक हरियालीले हामीलाई थकानमा आराम दिइरहेको थियो । दुई घण्टाको उकालो हामी २५०० मिटर उचाईमा देउराली पुग्यौ खाजा र चिया सगै रमाइलो यात्रा गर्दे हामी उकालो कठिन यात्रा रहे पनि मानिसहरुको भिडभाडले यात्रा छोटो भएको अनुभुत भएको थियो । हिमाली यात्रा भएकोले जाने मानिसको सुझाव अनुसार हामीले शरिरलाई तातो वनाउने खानेकुरा मकै भटमास, सातु, सख्खर, चकलेट र थर्मसमा तातो पानी आदि यथेष्ट मात्रामा बोकेका थियौ । खादा थकाई मर्नुका साथै शरिरलाई थप उर्जा प्रदान गरेको अनुभुति गरेका थियौ ।

देउराली पछिको उकालो वाटो करिव ३ घण्टा उकालो पश्चात हामी धिम्सा पुग्यो उकालो वाटो गन्तव्य टाढा भए पनि उत्साहित यात्रा रहेको सो ठाँउमा हामी संग भएको चक्लेट सातु, सख्खर र तातो पानी सबैले खायौ आधा घण्टाको विश्राम पश्चात यात्रा २ घण्टाको यात्रामा चन्दनवारी फाटिलो ठाँउ करिव ३२५० मिटर उचाईमा चिसो हावाको सुसाईले साच्चिकै स्वर्ग अनुभुति गरिरहेका थियौ । त्याही हामीले बिहानको खाजा खाने निधो गर्यो । वौद्ध समुदायको सिङगुम्वा त्यस क्षेत्रमा वौद्धमार्गीहरुले धुप र वत्ती बालेर ओम मानेपेमे हु जस्ता मन्त्रले वातावरण गुन्जयानज थियो । साथी राम र विनोद जी खाना वन्दोवस्त गर्न होटल तिर लाग्नु भयो हामी वाँकी साथी भाञ्जाको प्रतिक्षामा बस्यौ । सो ठाँउमा नेपालको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको चिज बिक्री केन्द्र रहेछ । चौरीको चिज र नौनीका पारखीका लागि सरकारी दरमा चिज र नौनी सहज उपलव्ध हुने रैछ ।

प्राकृतिक हिमाल अवलोकनले उकालो हिडाईको थकान बिर्सदै मिठो र ताजा खानाले हाम्रो यात्रा थप आनन्द थियो । मानिसको अत्याधिक भिड वाटो समेत मानिसको तातीले समयमा खाना खान पाउने अवस्था थिएन करिव २ घण्टाको पर्खाइ पश्चात हाम्रो खाना खाने पालो आयो । गोसाईकुण्ड मेला व्यवस्थापन समितिले सो क्षैत्रभित्रका सम्पुर्ण खाद्य सामग्रीको दर कायम गरिदिएको रहेछ । जत्ति माथि त्यत्ति मुल्य वढ्दै जाने गरि मुल्य निर्धारण गरिएको रहेछ । त्यहाँवाट करिव १ घण्टाको हिडाई पश्चात हामी ३५५० मिटर उचाइमा रहेको चोलाङपाटी पुग्यौ । चौरीको दुधको मिठो चियाले चिसोलाई थप सहजता प्रदान गरिहेको थियो ।

करिव ३ घण्टाको ३९०० मिटर उचाईमा रहेको लौरीविनामा होटल खोजीको लागि व्यवस्थापनमा राम र विनोद जी लाग्नु भयो । मानिसको अत्याधिक भिडभाडका कारण होटल सुत्ने र खाने जोहो गरियो । भगवान शिवले गणेश र क्षेत्रपाललाई निलकण्ठ कुण्डको द्धार रक्षाको लागि आदेश दिएका जस अनुसार कुण्डको पश्चिम दिशामा गणेश लौरीविनायकको रुपमा र दण्डपाणी क्षेत्रपाल द्धारपालको रुपमा रहे यिनीहरुको आज्ञाविना कोही पनि कुण्डमा जान नसक्ने आजकाल ति गणेश र क्षेत्रपाललाई खुशी पार्न लौरो चढाउने चलन रहेको पाइयो । प्रवेशद्धारमा लौरीविनायक गणेशको पुजा र खुशी पार्न टेकेको लौरो चढाएपछि कुण्ड नुहाएपछि यात्रा सिद्ध र मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

उकालो वाटो भएकोले सवै साथीहरु विचमा बिहानको झिसमिसेमा वाटो काट्ने सल्लाह बमोजिम २६ गते विहान हामी ४ वजे बिहान वाट यात्रा सुरु गर्यो २ घण्टाको कठिन तर रोमान्चक यात्रा पछि हामी बुद्ध मन्दिर ४१५० मिटरको उचाईमा रहेको रहेछ । डाँडामा बुद्धको मन्दिर रहेकोले यस ठाँउको नाम बुद्ध मन्दिर रहेको रहेछ । पुर्णिमाको बिहानी भएकोले डुव्न लागेको जुन र झुल्कन लागेको घामले साच्चै धर्तीको स्वर्गमा पुगेको अनुभव प्राप्त भयो । दक्षिण तर्फ डाँडामा चिनको केरुङ क्षेत्र उत्तर तिर लाम्टाङ हिमाल र वाँया तिर हिमाली चट्टान युक्त पहाडले वर्णन गर्न नसकिने फरक प्राकृतिक दृष्यले सवैको मन लोभिएको थियो । विहानको चिया खाजा पश्चात हामी तेर्सो वाटो १ घण्टाको यात्रामा ४३८० मिटर उचाइको गोसाईकुण्ड पुग्यौ । साधुरो सिढी युक्त बाटो भएपनि पुर्ण रेलिङ लगाएकोले पैदल यात्रीलाई आउने र जाने दुई लाइनमा हिड्न मिल्ने तल त्रिशुली नदिको उद्गम झरनाले सबैलाई नजर तानेको थियो । माथि पहाड पारी हिमाली दृष्य लाम्टाङ निकुञ्ज क्षेत्र यात्राको सम्पुर्ण थकाल शुन्य भएको आभास दिलायो ।

गोसाईकुण्ड क्षेत्रको प्राकृतिक सुन्दरता सगै रहेका भैरव र सरस्वती कुण्ड सगैको त्रिशुली नदिको उद्गम झरनाले सबै भक्तजनहरुको मन लोभ्यायो । हिड्न नसक्नेका लागि काठमाण्डौवाट हेलिकोप्टरको करिव १ घण्टाको यात्रामा गोसाईकुण्ड पुग्ने यात्रुहरुको पनि बाक्लै उपस्थिती देखिन्थ्यो । लगातार तिन वर्षको कोभिड सक्रमण बन्द भएको मेला खुले सगै तिर्थ यात्रीहरुको वाक्लो उपस्थितिले मेलालाई थप आर्कषण रहेको छ ।

गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोग व्याधी हट्ने र घरपरिवारमा सुख शान्ति बढ्ने विश्वास छ । गोसाइँकुण्डमा स्नान पछि भगवान शंकरको पूजा र वरदान माग्न कुण्डबाट अलिकति माथि निलाद्री पर्वत पुग्ने मान्यता रहेको पाइन्छ । जनैपूर्णिमाका दिन संसारमा विराजमान हुँदै आउनुभएका विभिन्न स्थानका देवी–देवता गोसाइँस्थान पुग्ने र पूर्णिमाको दिन कुण्डमा स्नान पूजा गर्दा सम्पूर्ण तिनको दर्शन पाइने धार्मिक मान्यता छ ।

सातकुण्डको जिल्ला भनेर चिनिने रसुवामा मुख्य गोसाईकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, गणेशकुण्ड, नागकुण्ड र दुध कुण्ड सगै गोसाइँकुण्ड क्षेत्रमा स–साना गरि जम्मा १०८ कुण्ड रहेछन । तीमध्ये हामीले अवलोकन गरेको गोसाइँकुण्ड सहित भैरवकुण्ड र सरस्वतीकुण्ड तल सगै देख्न सकिन्छ । गोसाइँकुण्डमा जेठ

नेपालको इतिहासमा राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेज सँग भएको सुगौली सन्धीको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूनो देहत्याग गरेका रहेछन्। । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रफल ६६० वर्ग कि.मि.क्षेत्र भित्र रहेको १३.८ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हो । यस ताललाई सन २००७ सेप्टेम्बरमा रामसार क्षेत्र सुचीकृत गरिएको रहेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot