Logo

बजारमा ‘हरहर बासना अगरबत्तीको’



काठमाडौँ,३ भदौ । हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् ।

यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याएका छन् । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिएकि छन् । रवि कार्कीले लय सङ्कलन गरेको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन् भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।

‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, प¥र्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot