Logo

बाबुराम दम्पत्तिको तीज पोज



काठमाडौं, १४ भदौ । आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व देशभरि नै मनाईएको छ । सो अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।

तीजको अवसरमा राष्टपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् । उता, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले पनि तजिको अवसरमा पारिवारिक जमघटको तस्विर सार्वजनिक गरेका छन् ।

उनले तीजको शुभकामना दिँदै लेखेका छन्-“महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको उपलक्ष्यमा सबै महिलाहरूमा हार्दिक शुभकामना !”



प्रतिक्रिया दिनुहोस्

Screenshot