Logo

माओवादी पदाधिकारी बैठक : प्रचण्डलाई गोरखा-२ बाट चुनाव लडाउने निर्णय



काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले दाहाललाई प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जनाए ।

०७४ को निर्वाचनमा चितवन ३ बाट चुनाव लडेका दाहाल यसपटक भने सो क्षेत्र छोडेर गोरखा जाने भएका हुन् । दाहालको लागि बाबुराम भट्टराईले प्रत्यक्ष चुनाव नलड्ने भन्दै सो क्षेत्र छोडिदिएका छन् ।

यसअघि सो क्षेत्रबाट बाबुरामले चुनाव जितेका थिए । माओवादीले दाहाललाई गोरखाबाट निर्वाचन लडाउने निर्णय गरेको समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा भने धेरै नै आलोचना भएको छ । दाहालले यसअघि आफूले चितवन ३ बाट नै चुनाव लड्ने बताउँदै आएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्