Logo

नवौं राष्ट्रिय खेलकुद: आज ३० वटा खेल हुँदै



काठमाडौं, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मंगलबार विभिन्न ३० वटा खेल हुँदैछन् । मंगलबार हुने खेलमा पोखरा रङ्गशालामा एथलेटिक्स, महिला क्रिकेट, रंगशालाकै कभर्डहलमा ब्याडमिन्टन र पोखराकै गोस्टेघाट रंगशालामा पुरुष फुटबल हुनेछन् भने पोखरा रंगशालामै टेनिस, बक्सिङ, सफ्ट टेनिस र पुरुष भलिबलका खेलहरु हुनेछन् ।

यस्तै पोखरा रङ्गशालामै पुरुष बास्केटबल, त्यहाँकै कभर्ड हलमा स्क्वास र उसुका खेल हुनेछन् भने पोखराकै फिस्टेल पोखरीमा पौडी, लेकसाइडमा ट्रयाथलन, पोखराकै कोल्मा बाहकोटमा टेबलटेनिस, पोखरा रङ्गशालामा जुडो र आर्चरीका खेलहरु हुनेछन् ।

पोखरा रंगशालामै जिम्न्यास्टिक, केसी क्याटरिङमा कबड्डी, पोखरा ह्यान्डबल एकेडेमीमा ह्याण्डबल, गण्डकी वोर्डिङ स्कुलमा महिला हक्की, गौरीशंकर खेलमैदानमा पुरुष हक्कीका खेलहरु हुनेछन् ।

तनहुँको दमौलीमा महिला बास्केटबल, स्याङ्जाको वालिङमा महिला फुटबल, म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो, बाग्लुङको आइटिएफ हलमा तेक्वान्दो, पर्वतको कुश्मामा कराते, गोर्खामा बुद्धिचाल, नवलपुरको कावासोतीमा महिला तथा पुरुष सेपाकताक्रो र गैंडाकोटमा कुस्तीका खेलहरु हुने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot