Logo

लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा प्रवेश



काठमाडौं । लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लिड्स युनाईटेडलाई हराउँदै लेस्टर सिटीले जित निकालेको छ । लेस्टरले लिड्सलाई २–० गोल अन्तरले हराएको हो ।

खेलको १६ औं मिनेटमा रोबिन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले सुरुआती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३५ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए ।

यो जितसंगै लेस्टरले ११ खेलबाट ८ अंक जोडेको छ भने लिड्स ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्