Logo

कति वर्ष पुगे साउथ सुपरस्टार प्रभास !



एजेन्सी, ६ कात्तिक । साउथ सुपरस्टार प्रभासले आज २३ अक्टोबरमा आफ्नो ४३ औं जन्मदिन मनाउँदै छन् । यसै अवसरमा अभिनेताको बहुप्रतिक्षित चलचित्र आदिपुरुषको नयाँ पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा प्रभास प्रभु श्रीरामको अवतारमा देखिएका छन् र उनको पछाडि बाँदर सेना देखिन्छ । प्रभासको यो पोस्टरमा उनका फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा आदिपुरुषको नयाँ पोस्टर सेयर गर्दै प्रभासले लेखेका छन्,’मर्यादा पुरुषोत्तम प्रभु श्री राम आदिपुरुष १२ जनवरी २०२३ मा आइम्याक्स र थ्रीडी सिनेमाघरहरूमा रिलिज हुनेछ।’ फिल्मका निर्देशक ओम राउतले पनि फिल्मको पोस्टर सेयर गर्दै अभिनेतालाई जन्मदिनको शुभकामना दिएका छन् । जानकारी गराउदछौं कि निर्माताले फिल्मलाई हिन्दी र तेलुगुमा छायाँकन गरिसकेका छन् भने फिल्म जम्मा ५ भाषामा रिलिज हुनेछ ।

केही दिनअघि निर्माताले अयोध्यामा ‘आदिपुरुष’को टिजर निकै धुमधामका साथ सार्वजनिक गरेका थिए तर दर्शकले टिजर मन पराएनन् । यति मात्र होइन, फिल्मका निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप पनि लागेको छ । फिल्मको सर्वसाधारणदेखि ऋषि–मुनिसम्मले विरोध गरेका छन् । फिल्ममा प्रभु श्रीराम र रावण र हनुमानलाई गलत तरिकाले देखाइएको मानिसहरुको आरोप छ । यति मात्र होइन, धेरै संघसंस्थाले फिल्मलाई प्रतिबन्ध लगाउन पनि माग गरेका छन् । रिलिज हुनुअघि नै दर्शकले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । तर, प्रभासको फ्यान फलोइङका कारण धेरैले फिल्मलाई समर्थन गरेका छन् ।

फिल्म आदि पुरुषका पात्र र उनको पहिरनको अयोध्याका सन्तहरूले विरोध गरेका छन् । श्रीरामवल्लभकुञ्जका प्रमुख तथा विक्रमादित्य महोत्सव समितिका अध्यक्ष स्वामी राजकुमारले यसलाई सनातन धर्ममाथिको आक्रमण भनेका छन् । उनले सनातन धर्म र संस्कृतिमा खलल पार्ने काम कुनै पनि हालतमा सह्य नहुने बताए ।

ओम राउत निर्देशित आदिपुरुष अर्को वर्ष जनवरी १२ मा रिलिज हुँदैछ । यो एक प्यान इन्डिया फिल्म हो, जुन हिन्दी सहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ। ओम राउतको कुरा गर्दा उनले तानाजी र सिटी अफ गोल्ड जस्ता चलचित्र निर्देशन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot