Logo

आमिर खानकी आमा जीनतलाई हृदयघात, मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचार हुँदै



एजेन्सी, १४ कात्तिक । बलिउड अभिनेता आमिर खानकी आमा जीनतलाई अचानक हृदयघात भएको छ । उनीलाई ह्दयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराए र त्यसपछि उनी आमासँग अस्पतालमा बस्दै आएका थिए। आमिरको परिवारका अन्य सदस्य पनि अस्पताल आउँदैछन् ।

आमिरकी आमाको स्वास्थ्यमा अहिले बिस्तारै सुधार भइरहेको फिल्म उद्योगसँग सम्बन्धित स्रोतले बताएको छ । आमिरले हालै फिल्म निर्माता करण जोहरको च्याट शो कफी विथ करणमा आफ्नो व्यस्त कार्य तालिकाका कारण आफ्नो परिवारलाई धेरै समय दिन नसक्ने र आफ्नो जीवनमा सबैभन्दा बढी पश्चाताप भएको बताएका थिए ।

आमिरले आफ्नो जीवनमा सम्बन्धको महत्व धेरै हुने भएकाले आफू आमा र छोराछोरीलाई अधिकतम समय दिन चाहन्छु भनेका थिए । आमिर आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशनका लागि शोमा पुगेका थिए । यो फिल्मबाट आमिरले धेरै अपेक्षा गरेका थिए तर दर्शकले यो फिल्म खासै मन पराएन र नराम्रोसँग फ्लप भयो ।



प्रतिक्रिया दिनुहोस्