Logo

उदयपुर २ मा एमालेले जित्ने कुनै सम्भावना छैनः जगन्नाथ खतिवडा



काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं उदयपुर २ का उम्मेदवार जगन्नाथ खतिवडाले जनताको उत्साह र एकता नै आफ्नो विजयको आधार भएको बताएका छन् ।
‘जुन क्षेत्रमा म उम्मेदवार बनेको छु, त्यहाँका पाँच गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाअध्यक्ष गठबन्धनले जितेको छ । पाँच दलीय गठबन्धन अग्रगमन पक्षधर हो । हामी अहिले घरदैलो, सानासाना भेटघाटमा छौं । १७ गतेपछि बृहत् स्तरमा जान्छौं । जनताको उत्साह र एकता नै विजयको आधार हो । गठबन्धन निकै बलियो भएकाले यहाँ नेकपा एमालेले जित्ने कुनै सम्भावना छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
एकीकृत समाजवादी पार्टीले जनमुखी र समाजवादी कार्यक्रमसहितको घोषणापत्र ल्याएको खतिवडाले दाबी गरे । उनले भने, ‘प्रतिबद्धताका लागि प्रतिबद्धता गरेर हुँदैन, सबै कुरा व्यवहारमा निर्भर हुन्छ । सबै प्रदेश र संघमा गठबन्धनको नेतृत्व भएपछि जनमुखी र समाजवादी कार्यक्रम लागू हुन्छन् । मूलभूत रुपमा हाम्रा साझा कार्यक्रम हुन्छन् । स्वास्थ्य, शिक्षा र रोजगारीमा राज्य जिम्मेवार हुनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot