Logo

चुनाव बहिष्कार गरेको नेकपाका प्रवक्ता प्रकाण्डको गर्जन : फिल्डमा भिड्नपनि तयार छौं (भिडिओसहित)



काठमाडौं, २४ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चुनाव बहिष्कार गर्न सभा तथा सम्मेलन गर्न पाउनुपर्ने भन्दै लोकतान्त्रिक अधिकारको कुरा उठाएका छन् । काठमाडौंमा आज (बिहीबार) आयोजित पार्टीको चुनाव बहिष्कार सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनावमा भाग लिएका अहिलेका दलहरुले जनतालाई मत हाल्नुहोस भनेर भन्दा आफूहरुले पनि आफ्ना जनतालाई मत नहाल्नुहोस भन्न पाउनुपर्ने तर्क गरे । तर, चुनावमा भाग लिएका दलले भित्र एउटा कुरा र बाहिर अर्को कुरा गरेको हो भने खुला रुपमा भन्न पनि उनले चूनौत दिए ।

उनले निर्वाचनमा भाग लिएका दलहरुसँग आफूहरु फिल्डमा भिडनपनि तयार रहेको चेतावनी दिए । उनले आफूहरुमाथि दमन गर्न आए त्यसको प्रतिकार गर्ने चेतावनी दिए । उनले भने,‘कि त तपाईँहरुले बन्दुकको डर र भरमा भोट हाल्न लगाउने हो भने हामी पनि त्यसको प्रतिकारमा उत्रिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot