Logo

माओवादीलाई पेण्डुलम भन्दै केही वर्षभित्र सिद्दिने रवीन्द्र मिश्रको सनसनीपूर्ण टिप्पणी, एमाले प्रचण्डपथमा हिँडेको आरोप



काठमाडौं, २५ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी केन्द्रलाई पेण्डुलम पार्टीको संज्ञा दिएका छन् । उनले माओवादी अबको केही वर्षभित्र सिद्दिनेपनि टिप्पणी गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता मिश्रले यस्तो बताएका हुन् ।

उनले अबको केही वर्षभित्रै माओवादीलगायतका साना दल मासिने दाबी गरे । र, राप्रपा, कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने उनको दाबी छ । उनले माओवादी भने आँफै सिद्दिने वा अरु दलमा विलय भएर सिद्दिने घोषणा गरे ।

पछिल्लो समय मिश्र माओवादीप्रति निकै अनुदार बनेका छन् । उनले कांग्रेस र एमालेलाई पनि बाँकी राखेनन् । उनले दुवै दल प्रचण्डीकरण भइसकेको र दुवै पार्टी प्रचण्डपथमा हिँडेको आरोप लगाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot