Logo

प्रदीप खड्काले जिते डेब्यु अभिनेताको फिल्म अवार्ड



काठमाडौं, २८ कात्तिक । चर्चित अभिनेता प्रदीप खड्काले ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् ।

भारतको आग्रामा आइतबार बेलुका सम्पन्न भएको फेस्टिबलमा खड्काले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणतर्फको फिचरबाट उक्त अवार्ड जितेका हुन् ।

खड्का आफैले सामाजिक सञ्जालमार्फत अवार्ड जितेको खुशीका क्षणका तस्बिरहरु सेयर गरेका हुन् ।  तस्बिरमा प्रदीपसहित प्रेमगीतको टोली बलिउड अभिनेत्री सोनांक्षी सिन्हासँग देखिएका छन् ।  फेस्टिबलमा हिन्दी फिल्म ‘मास्क’उत्कृष्ट बनेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot