Logo

मतगणना नसकिदै रवि लामिछानेको जित निश्चित



काठमाडौं, ८ मंसिर । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

यो समाचार तयार पार्दा सम्म लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

त्यसैगरी, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत ल्याएका छन् ।

अब गणना हुन बाँकी मतभन्दा लामिछानेले लिएको अग्रता धेरै भइसकेको छ । हालसम्म रास्वपाले पाँच स्थानमा जित हासिल गरेको छ ।

अहिलेसम्म ७९२१५ मतगणना सकिएको छ । रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ मतान्तरले अगाडी छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot