Logo

भोजपुर प्रदेशसभा (२) मा कांग्रेसका विनोद बान्तवा विजयी



काठमाडौं, ८ मंसिर । पूवी पहाडी जिल्ला भोजपुरमा ६४ वर्षपछि नेपाली कांग्रेसले जित हात पारेको छ । २०१५ सालदेखि निरन्तर वामपन्थीको वर्चस्व रहदै आएको भोजपुरमा वर्तमान कांग्रेस जिल्ला सभापति बिनोद बान्तवाले रेकर्ड तोडेका हुन् ।

बान्तवा प्रदेशसभा २ मा ७ सय ५१ मतान्तरले विजयी भएका छन् । कुल २९ हजार ४ सय ७४ मत खसेकोमा बान्तवाले १३ हजार ५७९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका खड्गबहादुर कार्की‘प्रेम’ले १२ हजार ८२८ मत प्राप्त गरेका छन् । ११ सय ४९ मत बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot