Logo

यी हुन् अहिलेसम्म जित्ने चार महिला



काठमाडौं, ८ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार निर्वाचित भएका छन् ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई, नेकपा माओवादीबाट एक र नेकपा एमालेबाट एक महिलाले जित हासिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट डा.तोसिमा कार्की र काठमाडौं–२ बाट सोविता गौतम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
तोसिमा कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दै एमालेका उम्मेदवार अमृत खड्का र उर्जामन्त्री पम्फा भुसाललाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

काठमाडौं–२ मा २७ वर्षीया गौतमले पूर्वसभामुख ओनसरी घर्ति, नेकपा एमालेका प्रभावशाली नेता मणि फुयाल, राप्रपाकी कुन्ती पोखरेललगायतलाई जितेर विजयी भएकी हुन् । उनी १५ हजार दुई सय २९ मत प्राप्त गरि विजयी भएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले प्रतिनिधि सभा सदस्यमा दाङ–२ बाट जित हासिल गरेकी छिन् । उनले निटकटम प्रतिद्धन्द्धी नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २ सय मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।

नेकपा एमालेकी नेता विद्या भट्टराईले प्रतिनिधि सभा सदस्यमा कास्की क्षेत्र नं. २ बाट विजयी भएकी हुन् । ४ हजार ५०३ मतान्तरले भट्टराईले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गर्दै १६ हजार ९९८ मत पाएर विजयी भएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot