Logo

विश्वकपः आजबाट क्वाटर फाइनलका खेल सुरू



काठमाडौं, मंसिर २३ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् ।

शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेको थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो ।

अर्को क्वाटर फाइनल खेल भने शुक्रबार राति नै राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच हुने भएको छ । अर्जेन्टिनाले राउण्ड अफ सिक्स्टीनमा अष्ट्रेलियालाई पराजित गरेको थियो । नेदरल्याण्डले भने अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot