Logo

प्रधानमन्त्री प्रचण्डको दूत बनेर कांग्रेस नेताहरु भेट्न व्यस्त जनार्दन शर्मा



काठमाडौं, २२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा कांग्रेस नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् । उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर कांग्रेस नेताहरुसँगको भेटवार्तामा सक्रिय छन् ।

उनले हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आज उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । देउवा र पौडेलसँगको भेटमा उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । मुलुकमा अब राष्ट्रिय सहमतिको सरकारको आवश्यकत्ता भएको भन्दै प्रचण्डलाई विश्वासको मत दिएर सोहीअनुसार अघि बढ्न शर्माको प्रस्ताव छ ।

नेता पौडेलले केही दिनअघि आफूलाई अब मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकत्ता खड्किएको बताएका थिए । देउवाले भने शर्माको प्रस्तावबारे सकारात्मक प्रतिक्रिया दिएका छैनन् । उनी अहिलेको प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन भत्काउन सक्रिय भएको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot