Logo

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ– राजकिशोर यादव (भिडियोसहित)



काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी सरकारमा सहभागी हुने वा नहुने औपचारिक निर्णय नभइसके पनि प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् ।

साथै, सरकारमा जसपा सहभागी हुँदै गर्दा पनि सम्मानजनक सहभागिता आफूहरुको दाबी रहेको उनले बताए । सरकारमा सहभागी हुँदै गर्दा प्रदेश १ को मुख्यमन्त्रीमा जसपाको दाबी रहने र केन्द्रीय नेतृत्वमा पनि पार्टीको सम्मानजनक सहभागीता माग रहेको उनले बताए ।

जनतालाई सरकार भएको प्रत्याभूति दिलाउन सबै दलको सम्मानजनक सहभागितामा सरकारलाई सफल बनाउनु पर्ने उनले बताए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना बढ्ने उनको दाबी छ । कांग्रेसले विश्वासको मत दिएमा सरकारलाई भन्दा पनि मूलुकलाई फाइदा हुने उनले बताए । मुलुक निर्माणका लागि दलगत राजनीतिबाट माथि उठेर सहमतीय राजनीति अगाडि बढ्दा सबैका लागि गौरवको विषय हुने उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot