Logo

काठमाडौंमा बढी धुँवा फाल्ने सवारीसाधन ट्राफिकको फन्दामा



काठमाडौं, ६ माघ । काठमाडौंस्थित बबरमहलमा बिहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दाबढी धुँवा फाल्ने २७ ओटा सवारी साधन कारबाहीमा परेका छन्।

मापदण्डभन्दा बढी धुँवा फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान ८, भाडाका माइक्रोबस ३ र कार २ गरी २७ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बबरमहलमा ५३ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने २७ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot