Logo

सांसद चौधरी कारागार चलान



काठमाडौं, २० माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालत कैलालीले कैद पुर्जी दिएर आज कारागार पठाएको हो । सांसद चौधरी विरुद्ध १० वर्षअघि ट्याक्टर जलाएको मुद्धा छ । उनलाई छ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ।

चौधरी कैलाली– २ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य हुन् । उनी विरुद्ध २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा मुद्धा परेको थियो । अदालतको फैसलापछि फरार रहेको सांसद चौधरीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot