Logo

विशेष पत्रकार सम्मेलन गर्दै रबि



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।रास्वपाले आज (आइतबार) पार्टीको बैठक बोलाएको छ । पार्टी सरकारमा रहने वा नरहने भन्नेबारे आजको बैठकले ठोस निर्णय लिने बताइएको छ । पार्टी बैठक लगत्तै विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot