Logo

जेलमुक्त भएपछि सांसद चौधरीलाई अध्यक्ष श्रेष्ठको स्वागत,लक्ष्मण थारु पनि सँगै



काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद् अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कैदा माफी दिएकी हुन् । आइतबार विहान रिहा भएका चौधरीको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत थुप्रै समर्थकहरु कारागार पुगेका थिए ।

रिहा भएका सांसद चौधरीको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता कार्यकर्ता कारागारमा पुगेको थिए । सांसद चौधरीलाई प्रहरीले गत माघ १९ गते पक्राउ गरेको थियो । करिब १२ वर्षअघि उनलाई ट्याक्टर आगो लगाएको आरोपमा छ महिना कैद सजाय र जरिवाना हुने फैसला गरेको थियो । अदालतको सोही आदेश बमोजिम उनी कैद भुक्तानका लागि कारागार चलान भएका थिए ।



प्रतिक्रिया दिनुहोस्