Logo

संसद्‍मा ओलीको बोली : राष्ट्रपति एमालेको हुने कुरा पुष १० मै टुँगो लागेको छ, अरु घट्नाक्रम मलाई थाहा छैन्



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेकै उम्मेदवार हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौ’ भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’

ओली संसद् भवनबाट सिधै बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनको निर्णायक वार्ता चलिरहेको छ । पुष १० गते सरकारको नेतृत्वमा दाबी गर्न शितलनिवास जानुअघि आफ्नो निवासमा प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेको ओलीको दाबी छ । तर, माओवादी केन्द्रका नेताहरुले भने सो सहमति नभएको स्पष्ट पार्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot