Logo

मन्त्री नबन्ने गगन थापाको घोषणा, प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता



काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री मात्रै नभएर देश नै चलाउन योग्य भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘मलाई अहिले कतिपय साथीहरुले तपाईँ मन्त्री भएर जाने हो भनेर साथीहरुले सोध्नुहुन्छ, म त महामन्त्री हो नि, म त मन्त्री होइन प्रधानमन्त्री बन्छु भनेर लागेको व्यक्ति हुँ ।’ उनले आफूले पार्टीको महामन्त्री भएर गर्ने काम र सांसद भएर गर्ने कामको सूचि तयार गरिएको पनि सुनाए ।

उनले आफू अहिले मन्त्री नबन्ने पनि दाबी गरे । उनले यो सरकारलाई सफल बनाउनको लागि आफू लागिपरेको सुनाए । उनले यो सरकारले परीणाम दिन नसके असफल हुने टिप्पणी गरे । उनले अहिलेको सरकारको पाँच वर्ष देश र जनताको हितमा समर्पित हुनुपर्ने बताए ।

उनले आफूहरुको एउटै चाहना भनेको सरकारले देशको हितमा काम गरोस भन्ने रहेको सुनाए । उनले अहिलेको सरकारले आफूसँग असिमित समय छ भनेर नसोचोस भनेर सोच्न पनि आग्रह गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot