Logo

बालुवाटारको गठबन्धनको बैठकमा लञ्च ब्रेक, दिउँसो ३ बजे फेरि बसेर मन्त्रालय टुँगो लगाउने



काठमाडौं, १५ चैत्र । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दिउँसो ३ बजे फेरि बस्नेगरि स्थगित् भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकले आज मन्त्रालयको भागबण्डा टुँगो लगाउने भनिएको छ ।

बैठकबाट बाहिरिएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे सहमति नभएको स्पष्ट पारे । उनकाअनुसार बैठक दिउँसो ३ बजे पूनः बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले भने आज सहमति नभएसम्म बैठकबाट नउठ्ने भनेका थिए ।

अहिले भने “लञ्च ब्रेक’’ राखिएको बताईएको छ । प्रधानमन्त्री दाहाले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका छन् । तर, सत्ता गठबन्धनमा आवद्ध दलले मन्त्रालय धेरै मागेपछि सहमति हुन नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्