Logo

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, चैत १६ । संघीय संसद अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बैठक अहिले बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन , २०७८/७९ सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिल कुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने कार्यसूची छ ।

यसैगरी, सांसद डा. बेदुराम भसुालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस’”’ भन्ने प्रस्ताव बैठकमा प्रस्ततु गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot