Logo

कीर्तिमान कायम राख्दै कुशल मल्ल १०८ रनमा आउट



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध निक्कै संघर्षशील नेपालका कुशल मल्ल कीर्तिमान कायम राख्दै १०८ रन बनाएर आउट भएका छन् ।

विष्फोटक ब्याटिङ गर्दै शानदार शतक प्रहार गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाएर आउट भएका छन् ।

ताजा अवस्थामा नेपाल ४३ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएर २३६ रन बनाएर खेलिरहेको छ ।

ओमानको निक्कै दवदबा रहेको खेललाई लयमा फर्काउन निक्कै संघर्ष गरिरहेका कुशल मल्लको विष्फोटक शतक प्रहार गरेपछि अहिले नेपाल सम्मानजनक स्कोरतर्फ लम्किरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot