Logo

रविले पाए निर्वाचित भएको प्रमाणपत्र (भिडियोसहित)



काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । उनलाई निर्वाचन कार्यालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो । उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका थिए । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot