Logo

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै



काठमाडौं, वैशाख १३ । सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछन्। आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ। थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच खेल हुनेछ।

हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। त्यस्तै, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ। सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot