Logo

जबराले औंल्याए देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने खतरा



काठमाडौं, २४ बैशाख । राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर जबराले देश कुनैपनि बेलामा दुर्घटनामा जानसक्ने खतरा औंल्याएका छन् । उनले अहिलेको सरकार जोखिमपूर्ण अवस्थामा रहेको पनि टिप्पणी गरे । आज (आइतबार) पार्टीनिकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले यस्तो बताएका हुन ।

उनले भने,‘देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था छैन। हामी पार्टी अध्यक्षको नेतृत्वमा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम छौं । देशमाथि आइपर्ने जस्तोसुकै समस्याको सामना गर्न राप्रपा तयार छ ।’

प्रधानमन्त्री प्रचण्डले ठूला भ्रष्टाचारको फाइल खोले समर्थन गर्छौं : राजेन्द्र लिङ्देन



प्रतिक्रिया दिनुहोस्