Logo

ए डिभिजन लिगमा आज तीन खेल



काठमाडौं, वैशाख २९ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामै साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot