Logo

प्रचण्ड सत्ता र शक्तिका लागि जेपनि गर्न सक्दछन् : शंकर पोखरेल



काठमाडौं, २० असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीति विवादस्पद र अस्थिर बन्नुमा प्रचण्डको धुत्र्यांइ रहेको टिप्पणी गरेका छन् । उनले प्रचण्ड सत्ता र शक्तिका लागि जे पनि गर्न सक्छन् भन्ने कुरामा पटक पटकका घट्नाक्रमहरु साक्षी रहेको दाबी गरे ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउको लागि प्रितम सिंह दिल्लीसमेत गएको भनेर दिएको अभिव्यक्तिलाई लिएर पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले दाहालको उक्त अभिव्यक्ति हदैसम्मको नकचरोपनको परीणाम भएको उल्लेख गरे ।

उनले लेखेका छन्-

प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।
प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot