Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन, यात्रुहरु अलपत्र



काठमाडौं, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन हुँदा यात्रुहरु अलपत्र परेका छन् । आज (शुक्रबार) दुई घण्टाभन्दा लामो समयदेखि विमानस्थलको सर्भर डाउन रहेको छ ।

सर्भर डाउन हुँदा विदेशबाट नेपाल आएकार यात्रुहरु बाहिरिन पाएका छैनन् भने विदेश जानेहरु पनि रोकिएर बसेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पटक–पटक यस्ता समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय मौन रहेका छन् ।

सर्भर डाउन भएर लामो समयदेखि अलपत्र परेका यात्रुहरुले अहिले विमानस्थल प्रशासनसँग आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् ।

सर्भर डाउन भएका कारण विदेशबाट नेपाल आएका २ वटा र नेपालबाट विदेशका लागि उड्न लागेको चार वटा जहाजका यात्रुहरु अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्