Logo

‘गृहमन्त्री ज्यू, भ्रष्टाचारीलाई कठघरामा उभ्याउन ढिला गरियो भने गडबड हुनसक्छ ’



काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर अगाडि बढ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

भ्रष्टाचारविरुद्धको सरकारको यो अभियानमा एक–एक सेकेन्डको महत्व रहेको बताउँदै उनले ढिला गरेको खण्डमा गडबड हुनसक्ने बताएका छन् । सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा दोषी कोही नउम्किउन र निर्दोष कोही पनि नपरुन् भन्ने आफूहरुको चाहना रहेको उनले बताएका छन् ।

‘मा.गृहमन्त्री ज्यु धेरै अघि बढ्नुस हरेक सेकेन्डको महत्त्व छ जति ढिलो हुन्छ, त्यतै नै यो गडबड हुनसक्छ । दोषी कोहि नलुकुन निर्दोष कोहि नपरुन,’–उनले सामाजिक सञ्जालमा भनेका छन् ।

विभिन्न आडमा श्रम र लगानी विनानै करोडौंका मालिक बनेकाहरु कोही पनि उम्किन नहुने उनको भनाई छ । सुन काण्डमा जोडिएकाहरुलाई कानुनी कठघरामा उभ्यउन ढिला गर्न नहुने उनको भनाई छ ।

‘सुनकाण्ड एउटा उदाहरण बन्दैछ । अरु थुप्रै मुद्दाहरू ओझेल नपार्न पनि यसमा जोडिएका सबैलाई कठघरामा उभ्याउन ढिला गर्नुहुन्न । सुशासन र समृद्धिका लागि अपराध नियन्त्रण र भ्रष्टाचार अन्त्य अनिवार्य शर्त हो । यो आम नेपाली जनताको सपना हो,’– उनले भनेका छन् ।

सरकारले अहिलेसम्मकै ठूलो परिणाममा सुन पक्राउ गर्दासमेत गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुले कुन घरानाका तस्करहरु उक्त काण्डमा संलग्न छन् भन्ने कुरालाई उजागर गरेको उनले बताएका छन् ।

भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्न आवश्यक रहेको उनको भनाई छ । ‘दोषी जो देखिन्छन् सामाजिक बहिस्कार गर्दै राज्यलाई कानुनी कारबाही गर्न सहज बनाउन पनि निस्वार्थ सुराकीको काम गर्न अपरिहार्य भैसक्यो । जताततै अनेक रङ्गमा भ्रस्टाचारीहरू घुसेका छन्,’– उनले भनेका छन् ।

अपराध, अपराधी र भ्रष्टाचारीको कुनै पार्टी, वर्ग र रङ्ग नहुने भन्दै उनले दोषी सबैलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot