Logo

मालपोत अधिकृतत्रयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २४ साउन । अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आज मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासुद्वय रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क र ग बाट रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्