Logo

भुटानविरुद्ध नेपालले पहिले बलिङ गर्दै



काठमाडौं, भदौ १७ । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले पहिला बलिङ गर्दैछ ।

मलेसियामा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो । भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ ।

नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot