Logo

आज यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना



काठमाडौं, भदौ १८। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन्र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot