Logo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका उड्दै



काठमाडौं, ९ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका भ्रमणमा जाने भएका छन् । उनी आज सॅाझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेको पार्टी सचिवालयले जनाएको छ ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आगामी नोभेम्बर ७ मा नेपाल फर्किने बुझिएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot