Logo

आक्रामक ब्याटिङ गर्दै भूर्तेलले बनाए अर्धशतक



काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालका कुशल भूर्तेलले सानदार अर्धशतक प्रहार गरेका छन् ।

२६ बलको सामना गरेका भूर्तेलले ६ चौका र २ छक्का हिर्काउँदै ५० रन बनाएका हुन् । सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सानदार प्रदर्शन गरिरहेको छ ।

ताजा अवस्थामा नेपालले ८ ओभको सामाप्तीमा ७९ रन बनाएको छ । नेपालको क्रिजमा भूर्तेल ५३ र आसिफ शेखले २३ रन बनाएर खेलिरहेका छन् । Photo Source: CAN/Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot