Logo

मोबाइल नेटवर्क विच्छेद गराउन तीनकुने र बल्खुमा प्रहरीले चलायो जामर भेहिकल



काठमाडौं,७ मंसिर । काठमाडौंको तीनकुने र बल्खु क्षेत्रमा प्रहरीले जामर भेहिकल प्रयाृग गरेको छ । तीनकुनेमा एमाले निकट युवा संघ र बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको टोलिको प्रदर्शन भईरहेको छ ।

दुबै स्थानको आन्दोलनलाई शान्त बनाउन प्रहरीले जामर भेहिकल प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो।

उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाइन्छ। यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन।



प्रतिक्रिया दिनुहोस्