Logo

मल्लले ३ विकेट चट्काएपछि आयोजकलाई हराउँदै त्रिभुवन आर्मीको विजयी सुरुवात



काठमाडौं,११ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेट अन्तर्गत समूह सी को पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले विजयी सु्रुवात गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको टिम निलोलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको टिम निलोलाई ११० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको १९६ रनको विशाल लक्ष्य पछ्याएको मदन भण्डारीले ८५ रन बनाउँदै १६औं ओभरमा अलआउट भएपछि आर्मीले सहज जित निकालेको हो । मदन भण्डारीका लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ तथा रणविर यादवले १६ रन बनाए । त्यस्तै रोनिम तिवारीले १५ रन थप्दा साइमन रोयले १० रन थपे ।

बलिङतर्फ आर्मीका कुशल मल्लले तीन विकेट चट्काए । १.४ ओभर बलिङ गरेका मल्लले मात्र २ रन दिएर ३ विकेट लिएपछि आयोजक मदन भण्डारीको पारी धरापमा परेको थियो । मल्लका अतिरिक्त जितेन्द्र मुखीया र सैयव आलमले पनि समान २ विकेट लिए ।

यसअघि राष्ट्रिय सिनियर टिमका खेलाडीले भरीभराउ रहेको आर्मीले टस हारेर सुरुवातमा ब्याटिङ गर्दै निर्धारत २० ओभरमा ६ विकेट गुमाएर १९५ रनको विशाल योगफल खडा गरेको थियो ।

आर्मीका लागि ओपनरद्धय सन्तोष कार्की र विनोद भण्डारीले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यी दुईले ७९ रनको साझेदारी गर्दा कार्कीले सर्वाधिक ४१ रन जोडेका थिए । उनले ३५ बलमा ७ चौकासमेत हिर्काए । त्यस्तै कप्तानसमेत रहेका भण्डारीले २४ बलमा ३ चोका र ३ छक्काको मद्दतमा ३८ रन थपे ।

त्यस्तै कुशल मल्लले २१ बलमा ३ छक्कासहित २५, विवेक यादवले १४ बलमा नटआउट रहँदै २९ रन थपे । उनले त्यसक्रममा ३ चौका र २ छक्का हिकाए । वसिल अहमदले २३ रन थपेको खेलमा रोहित पौडेलले १२ रन थपे ।उक्त खेलमा कुशल मल्ल प्लेयर अफ दी म्याच घोषित भएका थिए ।

बलिङतर्फ मेहुल श्रेष्ठले २ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन् । आजको जितसँगै आर्मीले सेमिफाइनल यात्रा थम मजवुद बनाएको छ , यसअधि समूह ए बाट बागमती प्रदेश, समूह बी बाट एपीएफ सेमिफाइनलमा पुगिसकेका छन् । समूह सी बाट सेमिफाइनलमा पुग्नका लागि विभागीय टिम नेपाल पुलिस र मधेश प्रदेश प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्