Logo

कमल थापाको दाबी : ०८४ अगाडि नै राजसंस्था स्थापना हुन्छ



काठमाडौं, २२ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी ०८४ साल अगाडि नै नेपालमा राजसंस्था पूनस्थापना हुने दाबी गरेका छन् । आज (शुक्रबार) भक्तपुरमा आयोजित रफत सञ्चार–संवाद कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहितको हुने पनि स्पष्ट पारे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने दिन आइसकेको सनसनीपूर्ण टिप्पणी गरे । उनले भने,‘अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot